दूध बोक्ने ट्याङकरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

भरतपुर १५ वैशाख ।

अविरल यात्री

भरतपुरमा बिहीबार दिउँसो ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बिहिवार दिउँसो १२ बजेको समयमा भरतपुर पदमपुर सडक खन्ड अन्तर्गत भरतपुर महानगरपालिका -११ स्थित शान्तिमार्गमा भोजाडबाट विशालचोक तर्फ आउदै गरेको बा. २ क ४५७५ नम्बरको दूध बोकेको ट्याङकरले सोही दिशाबाट आउदै गरेका साइकलयात्री बारा महागढीमाई नगरपालिका-५ का २० वर्षीय प्रमित भन्ने आदित्य जैसवाललाई ठक्कर दिएको हो। उनको उपचारको लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि नरहरि अधिकारीले जानकारी दिए। ट्याङ्कर र ट्याङकर चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ।

दुर्घटना के कारणले भयो भन्नेबारे थप अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए। मृतक जैसवालको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट