नेपाली काँग्रेस राप्ती-३ बाट कसैको पनि उम्मेदवारी परेन

राप्ती, १३ वैशाख । नेपाली काँग्रेस राप्ती-३ बाट कसैको पनि उम्मेदवारी परेको छैन । वैशाख ११ र १२ गते भएको मनोनयन दर्ता प्रक्रियामा राप्ती-३ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष तथा सदस्यको लागि मनोनयन दर्ता भएको छैन । राप्ती-३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादीबाट उम्मेदवार उठाइएको छ । वडा अध्यक्षमा उम्मेदवार उठाइए पनि वडा सदस्यमा कसैले मनोनयन दर्ता गरेनन् ।

गत बैशाख ११ गते राति नेपाली काँग्रेस राप्ती नगरपालिका वडा नम्बर ३ कि वडा सभापति दीपा पाठकलगायत सम्पूर्ण कार्यसमितिले नै सामूहिक राजीनामा दिएको थियो । आइतबार राति ११ बजे एक विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरिएको थियो । जनचाहना अनुरुप पार्टीले टिकट नदिएको भन्दै समितिले राजिनामा दिएको थियो । राजीनामा दिनेहरुमा वडा सभापति दीपा सुवेदी पाठक, उप-सभापति तेजलाल पाठक, सचिव राममणि सिलवाललगायत अन्य सदस्य क्षेत्रीय प्रतिनिधि, नगर सदस्य गरेर १५ जनाले राजीनामा घोषणा गरेका छन् ।

अर्को दललाई मेयरको पद परेको र काँग्रेसबाट मेयरमा सिफारिस भएका रामेश्वर सिंह वलीलाई उपमेयर पद दिनुपर्नेमा अन्यलाई दिइएको भनि विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

राप्ती-३ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति किरण वलीको वडा हो । वडा समितिको निर्णयमा क्षेत्रीय सभापतिले वेवास्ता गरेको दीपा पाठकले बताइन् । महिलाले पाउनुपर्ने ३३ प्रतिशतको अधिकार हनन भएको पनि उनले बताएकी छन् ।

दीपा सुवेदी पाठक राप्ती-३ कि गएको अधिवेशनमा सर्वसम्मत वडा सभापति भएकी थिइन् । उनी स्थानीय निर्वाचनको लागि वडा अध्यक्षको सर्वसम्मत उम्मेदवार पनि थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट