चितवन काँग्रेसको टोलीले मेयरका स्वतन्त्र उम्मेदवार पौडेललाई भेट्यो, निर्णयमा पुनर्विचार गर्न आग्रह

भरतपुर, १३ वैशाख । नेपाली काँग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनाल नेतृत्वको टोलीले मंगलबार साँझ पूर्व सांसद पौडेललाई उनकै निवासमा भेटी आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका हुन् । टोलीमा उपसभापति राजिव न्यौपाने र सचिव सूर्य अर्याल थिए । “तपाई […]

स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका अर्यालको चुनावी खर्च ५ हजार मात्रै

भरतपुर, १३ वैशाख । स्वतन्त्रतर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका गुञ्जनगरका ३५ वर्षीय पर्शुराम अर्यालले अनिवार्यबाहेकमा चुनाव खर्च नगर्ने बताएका छन् । जनप्रतिनिधि बन्नको लागि शिक्षण पेसा छाडेर आएका अर्यालले वडा अध्यक्ष पदमा आफूलाई जिताउन भन्दै जम्मा पाँच हजार खर्च गर्ने प्रतिवद्धता जनाए । ‘खर्च गर्नैपर्ने ठाउँ उमेदवारी दर्तामा एक हजार, पर्चा छपाइमा तीन हजार र […]

नेपाली काँग्रेस राप्ती-३ बाट कसैको पनि उम्मेदवारी परेन

राप्ती, १३ वैशाख । नेपाली काँग्रेस राप्ती-३ बाट कसैको पनि उम्मेदवारी परेको छैन । वैशाख ११ र १२ गते भएको मनोनयन दर्ता प्रक्रियामा राप्ती-३ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष तथा सदस्यको लागि मनोनयन दर्ता भएको छैन । राप्ती-३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादीबाट उम्मेदवार उठाइएको छ । वडा अध्यक्षमा उम्मेदवार उठाइए पनि वडा सदस्यमा कसैले […]

राप्तीमा कुल २८३ जना उम्मेदवारको मनोनयन दर्ता

राप्ती, १३ वैशाख । राप्तीमा कुल २८३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमा ८ जना मेयर, ५ जना उपमेयर, ६१ जना वडाध्यक्ष र अन्य सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरुको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढी वडा अध्यक्षको उम्मेदवारी परेको वडा राप्ती-५ हो भने सबैभन्दा कम उम्मेदवारी परेको […]

माडीमा गुडिरहेको बसको पट्टा भाँचिदा ६ जना घाइते

भरतपुर,१३ वैशाख । चितवनको माडीमा गुडिरहेको यात्रुबहाक बस अनियन्त्रित हुँदा ६ जना घाइते भएका छन् । माडीको किर्तनपुर बजारमा देबेन्द्रपुरबाट आउँदै गरेको लु।२ख ६ नम्बरको यात्रुबहाक बस अनियन्त्रित हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यात्रुबाहक बस पट्टा भाँचिदा अनियन्त्रित भएको हो । घाइते हुनेमा सबै महिला रहेका छन् […]

चितवनमा २२ सय ५० जनाले दिए उम्मेदवारी

भरतपुर,१३ वैशाख । स्थानीय तहको निर्वाचनका लागि चितवनमा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिकामध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा […]

काँग्रेसका असन्तुष्ट नेता फकाउन सुटुक्क चितवन आएर फर्किए प्रचण्ड

भरतपुर,१३ वैशाख । गठबन्धनको तर्फबाट भरतपुरको मेयर नेकपा माओवादीकी रेनु दाहालले पाएपछि तिव्र असन्तुष्टि पोखिरहेका कांग्रेसका नेता तथा कार्यकर्ता फकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुुटुक्क चितवन आएर काठमाडौँ फर्किएका छन् । आज बिहान चितवन आइपुगेका उनले भरतपुर महानगरपालिका–१० मा रहेको रेनु दाहाल निवासमा कांग्रेस र माओवादी नेताहरुसँग छलफल गरेर काठमाडौँ फर्केका छन् । […]

भरतपुरमा भाग नपाएपछि गठबन्धनबाट बाहिरियो जसपा

भरतपुर, १३ वैशाख । चितवनमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । गठबन्धनमा रहेका अन्य दलहरूले जसपालाई महत्व नदिएको भन्दै गठबन्धनबाट अलग भएको जनाएको छ । जसपाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत काम गरेको आरोप लगाएको छ । गठबन्धनको बैठकमा आफूहरूलाई […]

सुनको मूल्य घट्यो

भरतपुर,१३ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकामा अघिल्लो […]

भरतपुर-२० को वडाध्यक्षका आकांक्षी पौडेलद्वारा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी

भरतपुर, १३ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर २० मा नेपाली काङ्ग्रेसका पुराना नेता एकनारायण पौडेलले स्वतन्त्र रुपमा वडाअध्यक्षको उमेदवारी दर्ता गराएका छन् । २०३६ सालको वहुदल कि निर्दल भन्ने चुनाव देखि नै वहुदलीय चुनावी पक्षको आन्दोलनमा होमिएका एकनारायण पौडेलले २०४६ सालको सत्याग्रहको क्रममा जेलनेलको समेत अनुभव […]

मुलुक निर्वाचनमय : देशभर ३५ हजार २ सय २१ पदका लागि एक लाख ४० हजारभन्दा बढी उम्मेदवारी

भरतपुर, १३ वैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत वैशाख ११ र १२ गतेका लागि तोकिएको उम्मेदवार मनोनयन दर्ता देशका दुईचार ठाउँबाहेक सबैतिर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । देशभर ३५ हजार २ सय २१ पदका लागि एक लाख ४० हजारभन्दा बढी उम्मेदवारी परेका छन् । उम्मेदवार मनोनयन दर्ताको यो तथ्यांकले देश अब निर्वाचनमय भएको संकेत […]

नवलपुरमा १ हजार ५६९ जनाको उम्मेदवारी दर्ता

गैँडाकोट, १३ वैशाख । स्थानीय तह निर्वाचनको लागि नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा १ हजार ५६९ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, बुलिङटार गाँउपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका र विनयी त्रिवेणी गाँउपालिकाबाट कुल १ हजार ५६९ जनाले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको […]

चितवनमा २ हजार २५० जनाको उम्मेदवारी दर्ता

भरतपुर, १३ वैशाख । स्थानीय तहको निर्वाचनको लागि चितवनमा २ हजार २५० जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताका लागि तोकेको दुई दिनमा चितवनको सात वटा पालिकाबाट कुल २ हजार २५० जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । उम्मेदवार मनोनयन दर्ता गर्नेमा नगरपालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ […]

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

सोल, १३ बैशाख । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन् । यहाँ […]

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुर, १३ वैशाख । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा गएराति तीन जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँंदा तीन जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतक तीन जनाकै सनाखत हुन […]

भरतपुर महानगर प्रमुखमा ३० जना, उपप्रमुखमा १३ जनाको मनोनयन

भरतपुर, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारको मनोनयन परेको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार प्रमुखमा नेकपा (एमाले) […]

८० प्रतिशत मतपत्र छापियो, आजबाट ढुवानीको काम शुरू

भरतपुर, १३ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारीसाधनबाट ढुवानी हुने यसअघि नै आयोगले जनाइसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए । उनका […]

आज उम्मेदवारविरुद्ध दाबी–विरोध दिन सकिने

भरतपुर, १३ वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा दाबी–विरोध दिन सकिने छ । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज साँझ ५ बजेसम्म दाबी–विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझगरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको […]