राप्ती, १३ वैशाख ।
राप्तीमा कुल २८३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमा ८ जना मेयर, ५ जना उपमेयर, ६१ जना वडाध्यक्ष र अन्य सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरुको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी वडा अध्यक्षको उम्मेदवारी परेको वडा राप्ती-५ हो भने सबैभन्दा कम उम्मेदवारी परेको राप्ती-२ हो । राप्ती-५ मा वडाध्यक्षको लागि १० जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय नागरिक पार्टीबाट १/१ जना र ४ जनाले स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै राप्ती-२ मा नेकपा एमालेबाट १ जना र काँग्रेसबाट १ जनाको मात्र उम्मेदवारी परेको हो ।
मनोनयन दर्ताको पहिलो दिन खासै उम्मेदवारी दर्ता नभएपनि दोस्रो दिन सोमबार बेलुकी ८ बजेसम्म मनोनयन दर्ता प्रक्रिया चलिरहेको थियो ।
नेकपा एमाले, काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) दलहरुले स्थानीय निर्वाचनमा भाग लिएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, मौलिक जरोकिलो पार्टी र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट वडाध्यक्षमा २ जना र वडा सदस्यमा १ जनाको बागी उम्मेदवारी दर्ता गरिएको छ ।





