भरतपुर,१३ वैशाख ।
चितवनको माडीमा गुडिरहेको यात्रुबहाक बस अनियन्त्रित हुँदा ६ जना घाइते भएका छन् । माडीको किर्तनपुर बजारमा देबेन्द्रपुरबाट आउँदै गरेको लु।२ख ६ नम्बरको यात्रुबहाक बस अनियन्त्रित हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यात्रुबाहक बस पट्टा भाँचिदा अनियन्त्रित भएको हो । घाइते हुनेमा सबै महिला रहेका छन् । यसक्रममा बसमा सवार देवेन्द्रपुरका १४ बर्षिय समिक्षा काफ्ले, ३४ बर्षिय राधिका काफ्ले, माडी ९ गणेशकुञ्जकी २८ बर्षिय लक्ष्मी थापा, उनकी ९ बर्षियकी छोरी विपना थापा, माडी ६ स्याउलिबासकी २९ बर्षिय पार्वती सुवेदी र किर्तनपुरकी ६६ बर्षिय पुर्णकला अधिकारी घाइते भएकी छिन् । घाइते अधिकांशको टाउँको र हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । उनिहरुको उपचार स्थानिय मेटिकल हरुमा भैरहेको छ ।





