गैँडाकोट, १३ वैशाख ।
स्थानीय तह निर्वाचनको लागि नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा १ हजार ५६९ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, बुलिङटार गाँउपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका र विनयी त्रिवेणी गाँउपालिकाबाट कुल १ हजार ५६९ जनाले मनोनयन दर्ता गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदका कुल ४० जना, गाँउपालिका अध्यक्षमा २४ जना, उपमेयर पदमा २८ जना र गाँउपालिकाको उपाध्यक्ष पदमा १९ जनाले उम्मेदवारी दर्ता गरेका थिए । कार्यालयमा वडाध्यक्ष पदमा ३५४ जनाको उम्मेदवारी दर्ता भएको छ । महिला सदस्यमा २६२ जना, दलित महिला सदस्यमा २३५ जना र सदस्यमा ६०७ जना गरि कुल १ हजार ५६९ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।




