जनकपुर, १३ वैशाख ।
धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा गएराति तीन जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँंदा तीन जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सडक छेउमा रोकिराखेको ना२ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।





