भरतपुर, १३ वैशाख ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारीसाधनबाट ढुवानी हुने यसअघि नै आयोगले जनाइसकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए । उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ ।
आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।





