मतदाताको पिर

भोट पाएर जब उनीहरु निर्वाचित हुन्छन्, बस्तीमा पाइलो राख्दैनन् । विगतका निर्वाचनहरुमा यस्तै देखेका, भोगेका मतदाताले यसपालि उधारो आश्वासन बाँड्ने नेताहरुलाई भोट नै नदिने मनस्थितिमा देखिएका छन् ।

जबजब चुनाव आउँछ, तब मात्र विपन्नहरुको बसोबास रहेका बस्तीमा नेताहरु भोट माग्न जान्छन् । बस्तीको मुहार फेरिदिने सपना देखाउँछन् । भोट पाएर जब उनीहरु निर्वाचित हुन्छन्, बस्तीमा पाइलो राख्दैनन् । विगतका निर्वाचनहरुमा यस्तै देखेका, भोगेका मतदाताले यसपालि उधारो आश्वासन बाँड्ने नेताहरुलाई भोट नै नदिने मनस्थितिमा देखिएका छन् । यस्तै विपन्न बस्तीमध्ये एक गैँडाकोट नगरपालिकातर्फ नारायणी किनारका वासिन्दालाई सधैँभरि वर्षामा कसरी ज्यान जोगाउने भन्ने पिरले छाड्दैन । निर्वाचनका बेला नदी तटबन्धनलाई मुख्य एजेण्डा बनाएर नेताहरु मत माग्न आए पनि अहिलेसम्म कुनै सुनुवाई नहुँदा स्थानीयलाई बास जोगाउने पिरले छाडेको छैन । ती विपन्नहरुले अब ढाँट नेताको साथ भने छाड्ने भएका छन् ।

नारायणी पुल नजिकै रहेको यस टोलमा करिब १५० वटा घर छन् । आफूहरुले भोट दिएर जिताएकाहरु चुनावपछि फर्केर नआएको अधिकांशको गुनासो छ । चुनाव जितेर गएकाहरुले आफूहरुलाई बाढीबाट जोगाउन त परै जाओस्, घर डुबानमा पर्दा सहयोग नपाएको अमिलो मनमा लिएका छन् । भोट हालेर जिताएका जनप्रतिनिधिले आफूहरुको गुनासो सुनुवाई नगरेको बस्तीवासीको भनाइले नेताहरुको गैरजिम्मेवार छवि उजागर गरेको छ ।

देशमा भ्यूटावर र सडक निर्माणमा मात्र ध्यान दिनेहरुले तिनै भ्यूटावरबाट जनताको पीडा हेरेर रमाउने त होलान् नि भन्ने मतदाताको जवाफले निराशा झल्काउँछ । चुनावका बेला दैलोमा आएर गाह्रो असुविधा के छ, त्यो हामी पूरा गर्छौं भन्दै भोट माग्नेहरु जितपछि हराउँदा र वाचा पूरा नहुँदा मतदातामा असन्तुष्टि चुलिएको छ । जनताको पीडा एकातिर विकास निर्माण अर्कातिर छ ।

नदी किनारमा बाँसका विभिन्न सामग्री बनाएर बेचविखन गरी गुजारा चलाउँदै आएका बस्छन् । बाटोमा ठेला राखेर सानोतिनो व्यापार गरी गुजारा चलाउँदै आएका पनि छन् । सबैको गुनासो उही छ, चुनाव जितेर गएपछि नेताहरु फर्केर आएनन् । नारायणी नदीमा तटबन्ध गरेनन् । बर्सेनि बाढीले सामान बगाउँदा राहत वितरण गरेनन् । राहत माग्न जाँदा “किनारमा बस्नेलाई सधैँ राहत दिन सकिँदैन” भनेर हप्काए । कोही आएर राहत दिँदा पनि तिमीहरु घर भएकालाई दिन्नौँ भने । पोहोर आँगनमा पानी ताल पर्‍यो । अहिलेको वर्षा कसरी कटाउने हो ? पिर मात्रै छ उनीहरुलाई । त्यसैले उनीहरु काम नगर्ने, आश्वासन मात्र बाँड्ने कसैलाई पनि भोट नदिने टुंगोमा पुगेका छन् । बाढीले बर्षेनी असर गर्दै आए पनि आफूहरुको लागि नदी तटबन्धन गर्न नसक्नेहरुलाई भोट दिएर जिताउनुको कुनै औचित्य नरहेको उनीहरुको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट