फोहरलाई व्यवस्थापन गरे बन्छ मोहोर

भरतपुर, ६ वैशाख। भरतपुर महानगरपालिका–६ गीतानगरकी इन्दिरा तामाङले सानो रकमको लागि जहिले पनि श्रीमानको आस गर्नुपथ्र्यो । घरायसी काममा मात्रै व्यस्त हुँदा उनले आयआर्जन गर्दैनथिन् । तर अहिले उनको जीवनले कोल्टे फेरेको छ । घरको कामसँगै दाम पनि कमाउन थालेपछि इन्दिराको आत्मविश्वास बढेको छ । तीन महिनाअघि उनले फोहोरबाट विभिन्न सामग्री बनाउने तालिम लिने अवसर […]
भागबन्डा मिलाउन गठबन्धनको बैठक राति पनि बस्ने

भरतपुर, ६ वैशाख । महानगरको भागबन्डा मिलाउने बिसयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले अहिलेसम्म कुनै निर्णय लिन सकिरहेको छैन । बालुवाटारमा दिउँसोदेखि जारी सत्ता गठबन्धनको बैठकले भागबन्डाको कुरा लगभग मिलिसकेको बताए पनि औपचारिक सहमति सार्वजनिक भैसकेको छैन । बैठक आज राति १० बजे फेरि बस्ने बताइएको छ । बैठकमा महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति भने जुटेको बताइएको […]
माडीमा राप्रपाको चुनावी अभियान तीव्र

भरतपुर, ६ वैशाख । बलियो जनाधार रहेको माडीमा राप्रपाले चुनाव परिचालन कमिटि गठन गरेको छ । युवा नेता तथा प्रदेश ३ (ख) का कोषाध्यक्ष टोजमान गुरुङ (पारस) को संयोजकत्वमा ५ सय १ सदस्यीय परिचालन कमिटि गठन भएको हो । वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी माडीमा अन्य ५ वटा कमिटिहरु पनि गठन […]
मतदाताको पिर

भोट पाएर जब उनीहरु निर्वाचित हुन्छन्, बस्तीमा पाइलो राख्दैनन् । विगतका निर्वाचनहरुमा यस्तै देखेका, भोगेका मतदाताले यसपालि उधारो आश्वासन बाँड्ने नेताहरुलाई भोट नै नदिने मनस्थितिमा देखिएका छन् । जबजब चुनाव आउँछ, तब मात्र विपन्नहरुको बसोबास रहेका बस्तीमा नेताहरु भोट माग्न जान्छन् । बस्तीको मुहार फेरिदिने सपना देखाउँछन् । भोट पाएर जब उनीहरु निर्वाचित हुन्छन्, बस्तीमा […]
देवचुली-७ मा एमालेबाट ४ जना महिला उम्मेदवार

देवचुली, ६ वैशाख । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा महिलाको उम्मेदवारी रहने भएको छ । नेकपा एमाले देवचुली वडा नम्बर ७ ले जनप्रतिनिधि मध्ये ४ जना महिलालाई अघि सारेको छ । सोमबार साँझ बसेको भेलाले नेकपा एमाले देवचुली ७ को वडाध्यक्ष पदमा […]
भरतपुरको मेयर माओवादीलाई छाड्न जिल्ला सभापति खनालमाथि देउवाकाे दबाब

भरतपुर, ६ वैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा मेयरको पद कांग्रेसले छाड्नु पर्ने बताएका छन् । जिल्ला सभापति राजेश्वर खनाललाई भेटेरै यो बताएका छन् । आज मात्रै चितवन जिल्ला सभापति खनाल र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । आफूहरुले काठमाडौंं, ललितपुर र विराटनगरको मेयर पद लिने र भरतपुर माओवादीलाई दिनु […]
गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमा आज पहिलो सुनुवाइ

काठमाडौं, वैशाख ६। निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै अधिकारीलाई निलम्बन गरिएको थियो । निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रूपमा जाँचबुझ समिति गठन गरेर निलम्बन गरिएको दाबी गर्दै रिट […]
गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ: नेता पुन

कास्की, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उहाँले आसन्न स्थानीय तह निर्वाचनमा छ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताउनुभएको हो […]
पर्यटक आवागमनलाई सहज बनाउन व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ, ६ वैशाख । पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक आवागमन सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै यसले नेपालप्रति नकारात्मक सन्देश जान सक्ने भएकाले तत्काल पर्यटक आगमनलाई सहज पुग्ने गरी काम अघि बढाउन माग गरेका […]
नेपाल फर्मा एक्स्पो वैशाख ९ गतेदेखि चितवनमा

भरतपुर, ६ वैशाख । यही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना गरेको हो । सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन् । नेपाल, भारत र […]
‘महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाइएपछि नेतृहरू आक्रोशित

बझाङ, ६ वैशाख । स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला नेतृहरूले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई संशोधन गरेर प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । “स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र […]
चुनावी अभियान चलाउन कांग्रेसमा प्रदेश डेस्क स्थापना

काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयानुसार ‘प्रदेश डेस्क’ स्थापना गरेका हुन् । सातवटै प्रदेश डेस्कसँग केन्द्रीय […]
डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

गोदावरी, ६ वैशाख । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ […]