गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमा आज पहिलो सुनुवाइ

काठमाडौं, वैशाख ६।

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।

सरकारलाई असहयोग गरेको भन्दै अधिकारीलाई निलम्बन गरिएको थियो । निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रूपमा जाँचबुझ समिति गठन गरेर निलम्बन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए ।

जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथि निलम्बन समेत फुकुवाको आदेश जारी गर्न माग गरेका थिए ।

२४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट