भरतपुर, ५ वैशाख ।
नेपाल घर बहाल उपभोक्ता मञ्चले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढस्थित जेसीज भवनमा आइतबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनमा निर्वाचित सदस्यहरूलाई बधाई एवम् सफल कार्यकालको कामना गर्दै शुभकामना दिइएको थियो ।
सोही अवसरमा मञ्चले प्रकाशन गरेको नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो पनि सार्वजनिक गरिएको मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले बताए । पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै घर बहाल उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघको उद्देश्य एउटै र काम गर्ने क्षेत्र मात्र फरक रहेको बताउँदै आवश्यक परेको खण्डमा व्यवसायी हकहित र संरक्षणका लागि हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, घरबहाल उपभोक्ता मञ्च चितवनका संस्थापक अध्यक्ष हेमराज पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी , द्वितीय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष शिरीष पन्त, घर बहाल सरोकार महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश नम्बर २ संयोजक बिष्णुप्रसाद कंडेल, मञ्चका निवर्तमान अध्यक्ष हरि शर्मा पौडेल, पूर्वअध्यक्ष एवं सल्लाहकार प्रभात ढुङ्गाना, पबित्रा जोशी, सल्लाहकार इमान्दु बराल, उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु इन्जिनियर कृष्ण रिजाल, जनक सापकोटालगायतको उपस्थिति थियो ।





