घर बहाल उपभोक्ता मञ्चको बधाई एवम् शुभकामना कार्यक्रम

भरतपुर, ५ वैशाख । नेपाल घर बहाल उपभोक्ता मञ्चले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढस्थित जेसीज भवनमा आइतबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनमा निर्वाचित सदस्यहरूलाई बधाई एवम् सफल कार्यकालको कामना गर्दै शुभकामना दिइएको थियो । सोही अवसरमा मञ्चले प्रकाशन गरेको नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो पनि सार्वजनिक गरिएको मञ्चका अध्यक्ष […]

यौन दुर्व्यवहार गर्ने शिक्षकविरूद्ध छात्राले दिइन् जाहेरी

गैंडाकोट, ५ वैशाख । गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्राले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै शिक्षकविरूद्ध जाहेरी दिएकी छन् । सोमबार कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय पुगेर ती छात्राले शिक्षक कपिल घिमिरेविरूद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले शिक्षकले आफूलाई यौन हिंसा र अभद्र व्यवहार गरेको उल्लेख गर्दै सार्वजनिक तथा नैतिकताविरूद्धको कसुरमा जाहेरी दर्ता गरेको प्रहरी […]

सत्ता गठबन्धनमा जुटेन सहमति

काठमाडौं, ५ वैशाख, । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डा टुंग्याउने उद्देश्यले बसेको सत्तारुढ गठबन्धनको बैठकमा सोमबार पनि सहमति जुटेन । विहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन बैठक बस्ने बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘सबै ठाउँमा सहमति जुट्न सकेन भोलि […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम थपिँदै

काठमाडौँ, ५ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरुका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटिएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अनअराइभल कक्षमा आज नै राष्ट्रिय वाणिज्य बैंक एटिएम मेसिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता […]

चितवनका एक लाख ७४ हजार बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

भरतपुर,५ वैशाख । जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो । गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते […]

निर्वाचन कुनै हालतमा सर्दैनः प्रचण्ड

काठमाडौँ, ५ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ । “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो रु भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको […]

४ जिपिए ल्याउने विद्यार्थीलाई अर्किडले १ लाख रुपैयाँ दिने

भरतपुर, ५ वैशाख । भरतपुरस्थित अर्किड स्कूलबाट १०५ जना विद्यार्थीहरु यस वर्ष एसइई परीक्षामा सम्मिलित हुँदैछन् । जसमध्ये जति जना विद्यार्थीहरुले एसइई परीक्षाको नतिजामा ४ जिपिए प्राप्त गर्छन्, ती मध्ये प्रत्येक विद्यार्थीले जनही १ लाख नगद रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विद्यालय तहमा यति ठूलो धनराशि सहितको पुरस्कार संभवत नेपालमै पहिलो भएको स्कुलका सह-प्राचार्य ओमराज […]

हिंसात्मक गतिविधि गलत

गैँडाकोट नगरपालिका–५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफैँ पढ्ने विद्यालयमा व्यापक तोडफोड र आगजनी गरे । विद्यालयका शिक्षक र प्रधानाध्यापकका मोटरसाइकलसँगै फर्निचर पनि जलाए । शान्तिसुरक्षाका लागि खटिएका प्रहरीमाथि ढुंगामुढा गरे । कारण जेसुकै भए पनि शान्तिक्षेत्र मानिएको विद्यालयमा स्वयं विद्यार्थीहरुबाट तोडफोड र आगजनीका घटना हुनु निन्दनीय काम हो । यस्ता घटनाले […]

आगामी शुक्रबार नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने

काठमाडौं, ५ वैशाख । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा ९लाइरिड मिटियोर सावर० वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म […]

नयनराज पाण्डेको उपन्यास उलार अब रंगमञ्चमा

भरतपुर, ५ वैशाख । नयनराज पाण्डेको लोकप्रिय उपन्यास उलार अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ । यही बैसाख  ६ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने नाटक चे शंकरको परिकल्पना तथा निर्देशनमा प्रस्तुत हुन लागेको हो । गार्डेन थिएटरको कथा घेरासँगको सहकार्यमा मञ्चन हुने नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायत कलाकार […]

औषधि उद्योग फस्टाउने नीतिको अभाव : व्यवसायी

भरतपुर , ५ वैशाख । विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले राष्ट्रिय उद्योगलाई प्रवद्र्धन […]

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

त्रिशूली, ५ वैशाख । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो । गत शनिबारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका ८३ वर्षका धामी हरिमानसिंह डङ्गोल आज […]

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौँ, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका […]

प्रहरी स्कुलमा किताबको चर्चा

भरतपुर, ५ वैशाख । भरतपुरस्थित जुनियर अधिकृत प्रहरी शिक्षालयमा साहित्य महोत्सव गरिएको छ । शिक्षालयको आयोजनामा आइतबार साँझ शिक्षालय परिसरमा भएको कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै पुस्तक अध्ययनका बिसयमा छलफल गरिएको थियो । कार्यक्रमलाई तीन चरणमा बाँडिएको थियो । पहिलो चरणमा शिक्षालयकी प्रहरी निरीक्षक रिता पौडेल र पुस्तक अध्येता नवीन तिवारी छलफलमा सहभागी बने । दुबैजनासँग प्रहरी […]