नयनराज पाण्डेको उपन्यास उलार अब रंगमञ्चमा

भरतपुर, ५ वैशाख ।

नयनराज पाण्डेको लोकप्रिय उपन्यास उलार अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ । यही बैसाख  ६ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने नाटक चे शंकरको परिकल्पना तथा निर्देशनमा प्रस्तुत हुन लागेको हो ।
गार्डेन थिएटरको कथा घेरासँगको सहकार्यमा मञ्चन हुने नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायत कलाकार मुख्य भूमिकामा देखिने छन् ।
दर्जन बढी नाटक निर्देशन गरेका चे शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एन्ड स्कुल ब्वायलगायत नाटक मञ्चन भइसकेका छन् ।
२५ वर्षअघि प्रकाशित उलार नेपालगञ्जको परिवेशमा बुनिएको उलार सीमान्त तहका जनताको संघषको कथा हो । नयनराज पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको उलारको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा अद्यापि सान्दर्भिक रहेको निर्देशक चे शंकरको भनाइ छ ।
पाठकले निकै रुचाएको उलारका पात्र र कथालाई नाटकका रुपमा दर्शकमाझ ल्याउने काम चुनौतीपूर्ण भए पनि आफू उत्साहित रहेको उनले बताए । उनले नाटक मञ्चनका लागि एक महिना बढी रिहर्सल गरेको बताए ।
नाटक बैसाख ६ देखि १८ सम्म मञ्चन हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट