यौन दुर्व्यवहार गर्ने शिक्षकविरूद्ध छात्राले दिइन् जाहेरी

गैंडाकोट, ५ वैशाख ।
गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्राले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै शिक्षकविरूद्ध जाहेरी दिएकी छन् । सोमबार कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय पुगेर ती छात्राले शिक्षक कपिल घिमिरेविरूद्ध जाहेरी दिएकी हुन् ।

जाहेरीमा उनले शिक्षकले आफूलाई यौन हिंसा र अभद्र व्यवहार गरेको उल्लेख गर्दै सार्वजनिक तथा नैतिकताविरूद्धको कसुरमा जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका शिक्षकलाई अदालतबाट सात दिन हिरासतमा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै आइतबार उक्त विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका थिए । अभद्र व्यवहार गरेको जानकारी दिँदा पनि विद्यालय प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड र आगजनी गरेका थिए । विद्यार्थीको विरोध चर्किएपछि विद्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको थियो । प्रहरीले आइतबार नै शिक्षकलाई नियन्त्रणमा लिएको छ । विद्यालयमा अहिले पठनपाठन रोकिएको छ । थप हिंसा हुनेसक्ने आशंकामा विद्यालयलाई प्रहरीले सुरक्षा दिइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट