भरतपुर, ३ वैशाख ।
लायन्स क्लव अफ नारायणगढ बालकुमारीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाबाट वर्ष २०२२/०२३ को नेतृत्व चयन भएको छ । रामचन्द्र सापकोटालाई सर्वसम्मत अध्यक्ष चयन गर्दै सम्पन्न उक्त कार्यक्रम दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई क्लवका अध्यक्ष ध्रुवप्रसाद पौडेलले अध्यक्षता गरेका थिए । सभाले प्रथम उपाध्यक्षमा शंकरप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा शेरबहादुर पौडेल, सचिवमा नेत्रप्रसाद आचार्य, कोषाध्यक्षमा शिव श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै निर्देशकमा ललितमान श्रेष्ठ, कृष्णकुमार तामाङ, तारानाथ बराल र गोबिन्दप्रसाद श्रेष्ठलाई चयन गरेको छ । टेल ट्विस्टरमा राजेश जोशी, टेमरमा संजीवभूमि श्रेष्ठ, पिआरओमा बालगोपाल चुके, मेम्बरसिप चेयरपर्सनमा ईश्वरीप्रसाद खराल, क्लव सर्भिस चेयरपर्सनमा लोक बहादुर रानाभाट, एलसिआईएफ कोअर्डिनेटरमा हरिराम पौडेल र क्लव मार्केटिङ्ग कम्युनिकेशन चेयरपर्सनमा सरोज कुमार मास्केलाई निर्विरोध चयन गरेको छ ।
निर्वाचन कमिटिमा निवर्तमान अध्यक्ष हरिराम पौडेल र निर्वाचन आयुक्त तथा सदस्य पूर्वअध्यक्ष ईश्वरकुमार राजभण्डारी रही सो कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन् ।




