चितवनमा स्वतन्त्र अभियानका लागि कांग्रेसबाट राजीनामा

भरतपुर, ३ वैशाख ।
भरतपुरका काँग्रेस कार्यकर्ताले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामा दिएका छन् । शनिबार भरतपुर १७ बेलुवा टोलमा एक कार्यक्रम गरि ५० जनाले कार्यकताले राजीनामाको घोषणा गरेका हुन् ।

स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नेमा वडा सभापतिहरू पूर्व वडाध्यक्ष पनि छन् । स्थानीय नेता कँडेलले विकास निर्माण बाटोघाटोको काम अलपत्र पारेको भन्दै राजीनामा दिनुपरेको बताए । उनले पटकपटक धाउँदा पनि अहिलेको स्थानीय तहले आफ्नो टोलको बाटो निर्माणलाई हेलचेक्र्याँई गरेको गुनासो गरे । यस्तै अहिले स्थानीय चुनावमा भरतपुरको मेयर अर्कै पार्टीलाई दिन लागेको विषयमा पनि असन्तुष्टि रहेको बताए । उनले भने ‘हाम्रो राजीनामा मेयरकै कारणले मात्रै होइन तर त्यो पनि एउटा कारण हो, पार्टीमा सिद्धान्त भन्ने भएन् , हरेक पार्टीको सिद्धान्त घोषणपत्र अलग हुन्छ । कुन नैतिकताले हामीले भोट दिने ? नेताले आफ्नो सहजता मात्रै हेरे’ उनले भने ।

गत बुधबार महानगरका २९ वटै वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए स्वतन्त्र उम्मेदवार दिने चेतावनी दिएका थिए । यसअघि भरतपुरको मेयर आफूले पाउनुपर्ने माग राख्दै जिल्लाका नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवालगायताका शीर्ष नेताहरुलाई समेत भेटघाट गरेका थिए । गठबन्धनको तर्फबाट भरतपुरको मेयर आफूले पाउनुपर्ने चितवन काँग्रेसले पटकपटक माग राखेको छ ।

यता माओवादी केन्द्रले रेनु दाहालललाई उठाउने चाहना राखेपछि काँग्रेसका आम कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट