महानगर भागबण्डा: भरतपुर माओवादीलाई दिन देउवा सहमत

काठमाडौं,२९ चैत ।

सत्ता गठबन्धनबीच ६ वटा महानगर भागबण्डामा सहमति जुटिसकेको छैन । तर, शीर्ष तहमा चार दलबीच महानगरको भागबण्डाबारे अनौपचारिक सहमति जुटेको बताइएको छ । सत्तारुढ पाँच दलमध्ये कांग्रेसले तीनवटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएकवटा महानगरको नेतृत्व लिनुपर्नेमा छलफल भइरहेको एकीकृत समाजावादीका एक नेताले बताए ।

माओवादीको दाबी पहिला देखि नै भरतपुर महानगरमा रहेको छ । त्यसमा कांग्रेसका जिल्लास्तरीय नेताहरूको दाबी र लविङ पनि चर्कै देखिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई छोड्न अनौपचारिक रूपमा सहमत भइसकेका छन् ।

भरतपुर महानगरमा दाबी गर्नेहरूलाई शेखर कोइरालाले उचालेको बुझाइमा देउवा देखिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट