त्यो चितवन, त्यो चुनाव र ती काँग्रेसीहरु

सराङघाटमा डुंगा तरेर गढी उक्लेपछि गाइघाट आउने रहेछ । गाइघाट तरेर त्रिशुली किनारैकिनार रामनगर पुगेपछि चितवन नजिकिएको छनक मिल्यो । त्यहाँबाट नारायणगढ पुग्दा भने चितवन नै हरायो । त्यहाँ सबै खरले छाएका, सिठाले बारेका घर, त्यसैमा पसल । नुनका बोरा र मट्टीतेलका टिन बाहिरै राखेका । चुरोट, चिनी, कपडा बेच्न राखिएका पसलको कुनैकुनै घर टिनले […]

भरतपुर कांग्रेसका सबै वडाका सभापति गठबन्धनको बिपक्षमा

भरतपुर, २९ चैत । भरतपुर महानगरपालिकाका २९ वटै वडाका काँग्रेस सभापतिहरुले आफूलाई गठवन्धनको बिपक्षमा उभ्याएका छन् । केन्द्रले पुनः माओबादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरुले यो निर्णय गरेका हुन । बैठक काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलवार बसेको हो । बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला […]

जिल्लाको एक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउन माओवादीको परिपत्र

काठमाडौँ, २९ चैत। नेकपा (माओवादी केन्द्र)ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै, पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । […]

डढेलो नियन्त्रणका लागि वन दस्ता

भरतपुर, २९ चैत । गर्मीयाम बढेसँगै वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ । डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत गर्दै वन दस्ता तयार पारिएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आवश्यकताअनुसार बढाउँदै लैजाने गरी हाल दश जनालाई डढेलो नियन्त्रण गर्न […]

भरतपुरमा व्यवस्थित विकास भएकै छैन, हामी प्रारम्भ गर्छौं: सुवेदी (अन्तर्वार्ता)

नेकपा एमाले चितवनले आइतबार भरतपुर महानगरको मेयरमा वाग्मती प्रदेश सांसद विजयी सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगरको मेयर पदमा उम्मेदवार बनेका सुवेदीले एमाले चितवनको तीन पटक नेतृत्व हाँकिसकेका छन् । वाग्मती प्रदेशका पूर्वमन्त्री सुवेदी अहिले एमाले वाग्मती प्रदेश कमिटीका सचिव हुन् । चितवनको राजनीति, स्वास्थ्य, शिक्षा […]

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

काठमाडौँ, २९ चैत । नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो । महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत […]

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौँ, २९ चैत । सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभएको हो । सशस्त्र […]

महानगर भागबण्डा: भरतपुर माओवादीलाई दिन देउवा सहमत

काठमाडौं,२९ चैत । सत्ता गठबन्धनबीच ६ वटा महानगर भागबण्डामा सहमति जुटिसकेको छैन । तर, शीर्ष तहमा चार दलबीच महानगरको भागबण्डाबारे अनौपचारिक सहमति जुटेको बताइएको छ । सत्तारुढ पाँच दलमध्ये कांग्रेसले तीनवटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएकवटा महानगरको नेतृत्व लिनुपर्नेमा छलफल भइरहेको एकीकृत समाजावादीका एक नेताले बताए । माओवादीको दाबी पहिला देखि नै […]

तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौँ, २९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो । ठूलो सङ्ख्यामा […]

नेकपा एसको चुनावी एजेण्डा: निशुल्क खानेपानी, सुखी जिन्दगानी

काठमाडौं,२९ चैत । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ‘निशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ । यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पुर्‍याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ । हरेक […]

पत्रकारद्वय अधिकारी र रामदाम सम्मानित

भरतपुर, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको छैठौं र सातौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा पत्रकारद्वय सूर्यप्रसाद अधिकारी र अमिर रामदाम सम्मानित भएका छन् । सुनचाँदी चितवनको समृद्धि, विकास, समस्या निराकरण र उन्नयनका लागि पत्रकारिताका माध्यमबाट खलेको भुमिकाको कदर गर्दै पत्रकार अधिकारी र रामदामलाई सम्मानित गरिएको हो । संघले संस्थापक अध्यक्ष खड्कलाल […]