नेकपा एसको चुनावी एजेण्डा: निशुल्क खानेपानी, सुखी जिन्दगानी

काठमाडौं,२९ चैत ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ‘निशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ । यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पुर्‍याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ ।

हरेक घर परिवारमा खानेपानी पुर्‍याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ ।

हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निशुल्क बिजुली, सामुदायिक विद्यालयको सुधार, निशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि घोषणापत्रमा समेटिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट