गैँडाकोट, २८ चैत ।
स्कुटरले ठक्करदिँदा सोमबार साँझ गैंडाकोटमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी सन्तोष पाठकका अनुसार काँग्रेसचोक नजिकै ग्रिन डेभलपमेन्ट बैंक अगाडि पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र. ०३ ००३ प २८३४ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट गैँडाकोट ५ का ७५ वर्षीय लालप्रसाद न्यूरेको मृत्यु भएको छ । ठक्करपछि गम्भिर घाइते न्यूरेको चितवन मेडिकल कलेजमा उपचारका हुँदैगर्दा मृत्यु भएको पाठकले जानकारी दिए ।
ठक्कर दिने स्कुटर चालक गैँडाकोट ८ बस्ने वर्ष २३ की मेनुका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सामान्य घाईते रहेको पाठकको भनाई छ ।





