२०७८ चैत २९ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
स्कुटरको ठक्करबाट गैंडाकोटमा १ जनाको मृत्यु

गैँडाकोट, २८ चैत । स्कुटरले ठक्करदिँदा सोमबार साँझ गैंडाकोटमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी सन्तोष पाठकका अनुसार काँग्रेसचोक नजिकै ग्रिन डेभलपमेन्ट बैंक अगाडि पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र. ०३ ००३ प २८३४ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट गैँडाकोट ५ का ७५ वर्षीय लालप्रसाद न्यूरेको […]
पुस्तक व्यवसाय सुरक्षित बनाउन व्यवसायीको माग

भरतपुर, २८ चैत । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाको १३औं वार्षिक साधारणसभा सोमबार नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले व्यवसायिक सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै यसको सुरक्षाको माग राखेका छन् । उनीहरुले पुस्तक तथा स्टेशनरी व्यवसाय कमजोर बन्दै गएको बताउँदै प्रकाशक, वितरक, थोक र खुद्रा बिक्रेता विच समन्वय हुनुपर्नेमा जोड दिएका […]
सरकारी सुविधाको इन्धन कटौती गरिँदै, २० प्रतिशत खपत घटाउने लक्ष्य

काठमाडौँ, २८ चैत । पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका […]
शशांक कोइरालासँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, २८ चैत । निर्वाचन आयोगले निर्वाचन खर्च विवरणबारे स्पष्टीकरण दिन नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले ७ दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको […]
नेपाली कांग्रेस माडीबाट मेयरमा ७ जना र उपमेयरमा १३ जना आकांक्षी

भरतपुर, २८ चैत । माडी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट ७ जना आकांक्षी देखिएका छन् । कांग्रेस माडी नगर समितिले संकलन गरेको नामावलीमा ७ जना मेयर र उपमेयरमा १३ जना अग्रसर बनेका छन् । मेयरमा खेमप्रसाद महतो, सविता बराल, छविलाल भट्टराई, भोजराज देवकोटा, विकास भुषाल, काशि अधिकारी, नारायणप्रसाद दाहालले मेयर बन्ने इच्छा नगरकमिटिलाई जानकारी गराएका छन् […]
कांग्रेसले टुंगो लगायो भरतपुर महानगर प्रमुख र उपप्रमुखका आकांक्षी

भरतपुर, २८ चैत । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आसन्न स्थानीय तह निर्वाचनको लागि आकांक्षी उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ । नेपाली कांग्रेसको तर्फबाट मेयरमा २५ जना र उपमेयरमा २४ जनाको मनोनयन दर्ता भएको छ । मेयर पदमा मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ […]
नयाँ वर्षको अवसरमा सेटाले गर्यो मौलाकालिका मन्दिर सरसफाइ

भरतपुर, २८ चैत । नव वर्ष २०७९ को अवसर पारेर चितवन ईलेक्ट्रोनिक्स टेक्निसियन एसोसियसन (सेटा)ले मौलाकालिका मन्दिर वरपर सरसफाई गरेको छ । सोही कार्यक्रममा सेटाका सदस्यहरुबीच शुभकामना आदानप्रदान पनि सम्पन्न भएको छ । सेटाका अध्यक्ष निपेश सापकोटाको अध्यक्षतामा मौलाकालिका फेदिदेखि मन्दिर परिसरसम्म पूर्ण रुपमा सरसफाई गर्ने कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रममा २७ जनाको […]