शशांक कोइरालासँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, २८ चैत ।
निर्वाचन आयोगले निर्वाचन खर्च विवरणबारे स्पष्टीकरण दिन नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।

नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले ७ दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो ।

कोइरालाले हालै नेविसंघको एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो निर्वाचनमा ६ करोड खर्च गर्नुपरेको बताएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट