नयाँ वर्षको अवसरमा सेटाले गर्‍यो मौलाकालिका मन्दिर सरसफाइ

भरतपुर, २८ चैत ।
नव वर्ष २०७९ को अवसर पारेर चितवन ईलेक्ट्रोनिक्स टेक्निसियन एसोसियसन (सेटा)ले मौलाकालिका मन्दिर वरपर सरसफाई गरेको छ । सोही कार्यक्रममा सेटाका सदस्यहरुबीच शुभकामना आदानप्रदान पनि सम्पन्न भएको छ ।

सेटाका अध्यक्ष निपेश सापकोटाको अध्यक्षतामा मौलाकालिका फेदिदेखि मन्दिर परिसरसम्म पूर्ण रुपमा सरसफाई गर्ने कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष निपेश सापकोटा, सचिव मेघाराज पाठक, कोषाध्यक्ष सुशील सुवेदी तथा सदस्यहरु डिल्लिराम दाहाल, सादन गिरि, बिश्वराम मैनाली, बिष्णु अधिकारी, श्रीकृष्ण उप्रेती, रामचन्द्र लामिछाने, राजन अधिकारी, केशव काफ्ले, तुल्सीराम निउरे, परशुराम पौडेल, सिद्दिलाल साह, जय पहारी, सोमबहादुर गुरुङ, कृष्ण पौडेल, शिवराज बास्तोला, सन्तोष देवकोटा, दोष थापा, बिष्णु चालिसे, अनिल बम्जन, नारायण काफ्ले, लोकनाथ गौतम, निरोज नेपाल, तुलबहादुर गुरुङ, बिष्णु श्रेष्ठलगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

आइतबार मन्दिरमा मानिसको चहलपहल कम भएकाले कार्यक्रम निकै रोचक र सभ्य तरिकाले सम्पन्न भएको संस्थाका सदस्य नारायणप्रसाद काफ्लेले बताए । साथै सरसफाइ सकिएलगत्तै दुई वटा वाल्टिन र सातवटा कुचो मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको अध्यक्ष निपेश सापकोटाले जानकारी दिए ।

सरसफाइ सकिएपश्चात मौलाकालिका मन्दिर व्यवस्थापन समितिले सेटाका सदस्यहरूलाई खाना खुवाएको थियो । मन्दिर व्यवस्थापन समितिले सरसफाइको प्रसंशा गर्दा फेदिदेखि मन्दिरसम्म सरसफाइ गर्दाको थकान समितिको आतिथ्यले बिर्साइदिएको सचिव मेघाराज पाठकले बताए ।

सेटाद्वारा सरसफाइको अभियान अन्तर्गत सन्देशमूलक कार्यक्रम गरिएको कार्यक्रम सञ्चालक जय पहाडीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट