कांग्रेसले टुंगो लगायो भरतपुर महानगर प्रमुख र उपप्रमुखका आकांक्षी

भरतपुर, २८ चैत ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिले आसन्न स्थानीय तह निर्वाचनको लागि आकांक्षी उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ ।

नेपाली कांग्रेसको तर्फबाट मेयरमा २५ जना र उपमेयरमा २४ जनाको मनोनयन दर्ता भएको छ ।

मेयर पदमा मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी , दीर्घमान श्रेष्ठ, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्राडा केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हीरामणि अधिकारी र घनश्याम दवाडी रहेका छन् ।

यस्तै, उपमेयर पदका लागि टकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी,भुपतिदास सापकोटा, केदारनाथ बराल, रवीभद्र शर्मा खनाल, निर्मलराज पौडेल, सुरबिर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीले दाबी पेश गरेको नेपाली कांग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिए ।

आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर आज सोमबार अपरान्ह ४ बजे सकिएको महानगर प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट