देवचुली, २६ चैत ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले देवचुली- १ बाट कृष्णबहादुर केसीको नेतृत्वमा वडाका उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ ।
शनिबार नेकपा एमाले देवचुली- १ को भेलाले उम्मेदवारहरुको टुंगो लगाएको हो ।
नेकपा एमाले वडा- १ ले वडाध्यक्षका लागि नेकपा एमाले देवचुली नगर कमिटी अध्यक्ष समेत रहेका कृष्णबहादुर केसीलाई उम्मेदवार चयन गरेको हो । यसैगरि वडा सदस्यहरुमा अजय थनेत, विजय माझी, संगीता जिएम र उर्मिला बि.क. चयन गरिएको नेकपा एमाले वडा नम्बर- १ का सचिव ढुण्डिराज केसीले जानकारी दिए ।





