२०७८ चैत २७ आइतबारको कायाकैरन दैनिक (E-paper)
भीमबहादुर मृत्यु प्रकरणः बस्नेतलाई सफाइ, श्रेष्ठलाई ६ महिना कैद

भरतपुर, २६ चैत भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितका बारेमा चितवन अदालतले फैसला सुनाएको छ । न्यायाधीश गायत्री रेग्मीको इजलासले गरेको फैसलाअनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा अन्ततः अदालतले […]
विपन्न परिवारलाई उपमेयर लामाले बनाइदिए घर

राप्ती, २५ चैत । नेकपा एमाले राप्ती नगरपालिका वडा नम्बर १, २, ४ र ६, नेपाल चेपाङ संघ जिल्ला समिति चितवन र आदिवासी जनजाति नगर समन्वय समिति राप्ती नगरपालिकाको संयुक्त आयोजनामा राप्तीका स्थानीयलाई घर हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिकाका उपप्रमुख ईमानसिंह लामाले आफ्नो कार्यकालमा स्थानीयका लागि ६ वटा घर निर्माण गरेका थिए । स्थानीय […]
नेकपा एमाले देवचुलीका अध्यक्ष केसी वडा- १ का सर्वसम्मत अध्यक्ष उम्मेदवार

देवचुली, २६ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले देवचुली- १ बाट कृष्णबहादुर केसीको नेतृत्वमा वडाका उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ । शनिबार नेकपा एमाले देवचुली- १ को भेलाले उम्मेदवारहरुको टुंगो लगाएको हो । नेकपा एमाले वडा- १ ले वडाध्यक्षका लागि नेकपा एमाले देवचुली नगर कमिटी अध्यक्ष समेत रहेका […]
आइतबार सार्वजनिक बिदा

भरतपुर, २६ चैत । सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । सरकारले आइतबार रामनवमीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले सुुचना जारी गरेको सुचनामा भनिएको छ,‘सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित […]
नेपाली कांग्रेसका तर्फबाट भरतपुर-२० का बलियो उम्मेदवार एकनारायण पौडेल

भरतपुर, २६ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भरतपुर महानगरपालिका वडा नम्बर २० मा वडाअध्यक्षको उम्मेदवार बन्न इच्छुक उम्मेदवार मध्येका एक हुन्, एकनारायाण पौडेल । २०३६ सालको वहुदल कि निर्दल भन्ने चुनाव देखि नै वहुदलीय चुनावी पक्षको आन्दोलनमा होमिएका एकनारायाण पौडेलले २०४६ सालको सत्याग्रहको क्रममा जेलनेलको समेत अनुभव […]
`कुटी´भित्र युवापुस्ताको टिप्पणी

भरतपुर, २६ चैत । निबन्धकार मणि अर्यालको निबन्ध सङ्ग्रह `कुटी´माथि चर्चा गरिएको छ । `लेट्स टक´को आयोजनामा हरेक शनिबार बिहान होटल अशोका भरतपुरमा पुस्तक चर्चा हुँदै आएको छ । सोही सिलसिलामा यो साता `कुटी´ चर्चा राखिएको `लेट्स टक´का अक्षरराज पन्थीले जानकारी दिए । युरेका पब्लिकेसन्सबाट प्रकाशित `कुटी´माथि युवा पाठकहरू सिर्जना आचार्य, दीपा धमला र दिनेश […]
चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

भरतपुर, २६ चैत । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे […]
पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

काठमाडौँ, २६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर गएको […]
माओवादी केन्द्रमा ‘प्रचण्डतन्त्र’, परिवारप्रतिको ‘अतिमोह’

काठमाडौँ, २६ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् । पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा […]
राष्ट्र बैंकका गभर्नर निलम्बित, छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौँ, २६ चैत । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वाेच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको छ । समिति गठनसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । अर्थमन्त्री जनार्दन शर्मा आफैले अर्थतन्त्रमा जोखिम बढाएको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र […]
लक्की मिडिया हाउसको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं, २६ चैत । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मौफसलकै चर्चित सञ्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँवर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मिडिया हाउसले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरिएको छ । सो भित्तेपात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला, नेपाल चलचित्र […]