लक्की मिडिया हाउसको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं, २६ चैत ।
चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मौफसलकै चर्चित सञ्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँवर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मिडिया हाउसले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरिएको छ । सो भित्तेपात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा‍ शशांक कोइराला, नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह “राजा” तथा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा एक कार्यक्रमकाबीच सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै डा‍. कोइरालाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताए । यो भित्तेपात्रो वर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने बताए ।

सो अवसरमा बोल्दै बिशिष्ट अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह “राजा” ले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गरे । आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको बताए । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्‍याउने सबै प्रति आभार प्रकट गरे ।

कार्यक्रममा कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कमल खड्काले गरेका थिए ।

स्थानीयदेखि राष्ट्रियस्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवार्डलगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट