चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

भरतपुर, २६ चैत ।

बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट