कार्ययोजना गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

भरतपुर २२ चैत ।

उद्योग वाणिज्य संघ चितवनले मंगलबार पूर्वकार्ययोजना गोष्ठी एवम कर शिक्ष सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संघले प्रत्येक २ बर्षको अन्तरालमा हुने नेतृत्व परिबर्तन पश्चात २ बर्षे कार्यकालको लागि योजना तर्जुमा गर्ने सम्बन्धमा वस्तुगत संघहरु संग पूर्व कार्ययोजना तर्जूमा गोष्ठीको आयोजना गरेको हो ।
संघमा आवद्ध रहेका ३६ वस्तुगत संघहरुको सहभागितामा योजना तर्जुमा गोष्ठीको आयोजना गरेको हो । गोष्ठीलाई सम्बोधन गर्दैै संघका अध्यक्ष चुननारायण श्रेष्ठले वस्तुगत संघबाट प्राप्त सुझावहरुलाई मध्यनजर राख्दै संघले आगामी २ बर्षको लागि तयार गर्नेै योजनामा राखिने बताए ।
उनले वस्तुगत संघहरुले आफ्ना सदस्यहरुको माग र आवश्यकतालाई मध्येनजर राख्दै कार्यक्रम चयन गर्न अनुरोध गरे। कार्यक्रममा अध्यक्ष श्रेष्ठले कार्यक्रमहरु संघको गुणस्तर निति संग मेल खाने हुनुपर्ने बताउंदै प्राप्त सुझावहरुलाई लिपिबद्ध गरि योजनामा राखिने बताए ।
सोही कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले योजना छनौट गर्दा त्यसको उपदेयिता र आयोजना गर्न सकिने मात्र कार्यक्रमलाई छनौट गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष कल्याण जोशीले वस्तुगत संघले कार्यक्रम छनौट गर्दा आफुले गर्न नसक्ने तर उद्योग वाणिज्य संघ मार्फत गर्न मिल्ने कार्यक्रम मात्र छनौट गर्न अनुरोध गर्नुहूंदै कार्यक्रमको सफलताको कामना गरे ।
गोष्ठीमा आफनो मन्तब्य राख्दै संघका उपाध्यक्ष एवम वस्तुगत संघ समन्वय समितिका संयोजक शिरिष पन्तले यस बर्षको संघको कार्ययोजनामा प्राथमिकताको आधारमा सके सम्म सबै वस्तुगत संघका कार्यक्रमलाई समेटिने बताए।
संघमा आवद्ध ३६ वटा वस्तुगत संघबाट प्रत्येका वस्तुगत संघका ३ जना सहभागी रहेको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न वस्तुगत संघका करिब सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट