महिला लिग फुटबल: आर्मी दोस्रो स्थानमा, एपिएफले अंक दुरी बढायो

भरतपुर,२२ चैत । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो । भरतपुर १९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले हृयाट्रिक गरिन् । यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा […]

रत्ननगर बन्यो वालमैत्री नगर

रत्ननगर, २२ चैत। पूर्वी चितवनको रत्ननगर नगरपालिका जिल्लामै पहिलो वालश्रम मुक्त तथा वालमैत्री नगर बनेको छ । रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ भने देशभरका स्थानीय तह मध्ये पाँचौं स्थानमा परेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका वालमैत्री नगर बनेको हो । मंगलवार नगरपालिकामा आयोजित कार्यक्रममा वागमती प्रदेशका […]

२४ घण्टा नबित्दै माओवादीमै फर्किए पित्तबहादुर

भरतपुर, २२ चैत । हिजो सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी भोलिपल्टै आफ्नै पार्टी माओवादी केन्द्रमा फर्किएका छन् । डल्लाकोटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफूभित्र क्षणिक आक्रोश र आवगेमा आई राजनीतिक रुपमा गम्भीर गल्ति गरेको भन्दै आत्मालोचना गरेका छन् । उनले आगामी दिनमा माओवादी केन्द्रमै क्रियाशील हुने बताएका […]

कार्ययोजना गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

भरतपुर २२ चैत । उद्योग वाणिज्य संघ चितवनले मंगलबार पूर्वकार्ययोजना गोष्ठी एवम कर शिक्ष सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संघले प्रत्येक २ बर्षको अन्तरालमा हुने नेतृत्व परिबर्तन पश्चात २ बर्षे कार्यकालको लागि योजना तर्जुमा गर्ने सम्बन्धमा वस्तुगत संघहरु संग पूर्व कार्ययोजना तर्जूमा गोष्ठीको आयोजना गरेको हो । संघमा आवद्ध रहेका ३६ वस्तुगत संघहरुको […]

कलाकार पल शाहको बयान सकियो, बुधबार थुनछेक बहस हुने

कावासोती, २२ चैत । नाबालिक गायिकालाई बलात्कारको अभियोगमा जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दायर गरिएका कलाकार पल शाहको बयान सकिएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको हो । जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहविरुद्ध एक किशोरीले अघिल्लो महिना बलात्कार अरोपमा दर्ता गराएको मुद्दामा जिल्ला […]

चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौँ : मन्त्री भुसाल

काठमाडौँ, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताउनुभएको छ । गोदाबरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताउनुभयो । […]

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर ल्याइयो

भरतपुर, २२ चैत । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाहलाई नवलपुर ल्याइएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर ल्याइएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडि कारागारको टोलीले उनलाई नवलपुर ल्याएको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन […]

सत्ता गठबन्धन बैठक : स्थानीय चुनावको तयारी तथा अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति बन्ने

काठमाडौं, २२ चैत । सत्तारूढ गठबन्धनले आसन्न स्थानीय चुनावको तयारी तथा अनुगमनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाउने भएको छ । बालुवाटारमा भर्खरै सकिएको सत्ता गठबन्धनमा आबद्ध दलको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । समितिमा पाँचवटै दलका नेताहरूको प्रतिनिधित्व रहने जनाइएको छ । दलहरूले पालिकास्तरबाटै […]

चुनावी रणनीति बनाउन सत्तागठबन्धनको बैठक

काठमाडौं, २२ चैत । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सुरु भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक भर्खरै सुरु भएको जानकारी दिए । स्थानीय तह चुनावको रणनीति तय गर्नका लागि सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक बसेको हो । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली […]