रत्ननगर बन्यो वालमैत्री नगर

रत्ननगर, २२ चैत।

पूर्वी चितवनको रत्ननगर नगरपालिका जिल्लामै पहिलो वालश्रम मुक्त तथा वालमैत्री नगर बनेको छ ।
रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ भने देशभरका स्थानीय तह मध्ये पाँचौं स्थानमा परेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका वालमैत्री नगर बनेको हो ।

मंगलवार नगरपालिकामा आयोजित कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले सो नगरपालिकालाई वालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा गरेका हुन ।

६ बर्षको अबधिमा नगरभित्र रहेका ४२९ जना बालवालिकालाई श्रममुक्त नगरपालिकालाई वालमैत्री नगर घोषणा गरिएको मेयर नारायण वनले बताए । नगरपालिकालाई वालमैत्री घोषणा गर्नुपूर्व श्रममुक्त गरेका मध्ये २८९ जनालाई विद्यालय भर्ना गरेर शिक्षा दिएको छ भने १४० जनालाई सीपमुलक तालिम दिएर रोजगार बनाइएको मेयर वनले बताए ।

२०६४ सालबाट २०६८ साल सम्म आइपुग्दा ५५८ जना वालश्रमिक रहेका सो नगरपालिकामा २०७३ सालमा त्यो संख्या घटेर ४२९ मा झरेको थियो । नगरपालिका भित्र वालश्रमिक छैनन् भन्ने सुनिश्चित गरी वालमैत्री घोषणाा गरिएको उपमेयर विमला दुवाडीले बताइन । घोषणा सभामा मन्त्री खनालले मेयर वनलाई प्रमाणपत्र हस्तान्तरण गरी रत्ननगर वालश्रम मुक्त भएको उद्घोष गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले वालश्रम विरुद्ध आवाज उठाउने,आफुले पनि प्रयोग नगर्ने र प्रयोग गर्नेलाई कानुनी कारबाहीको लागि पहल गर्न भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

कार्यक्रममा वालश्रम मुक्त भएका १६ वटै वडालाई प्रमाणपत्र,वालवालिकाको स्थितिपत्र सार्वजननिक तथा नगर स्तरीय वाल क्लव र वडा स्तरीय वाल क्लवहरुलाई खेलकुदका सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री खनालले वालश्रम मुक्त र वालमैत्री नगर घोषणाले वालवालिकाको जीवनमा परिर्वतन ल्याउने बताए । ‘यो सामान्य किसिमको घोषणा होइन, भविश्यका कर्णधारहरुको भविष्य सुरक्षित गर्न गरिएको महत्वपूर्ण काम हो ।’ उनले भने ।
मन्त्री खनालले बालअधिकारलाई राज्यले नीतिगत अंगको रुपमा लिएर काम गर्नुपर्ने र त्यसका लागि आफु प्रयत्नशिल रहने बताए । प्रदेश सभा सांसद कन्चन खनालले वालश्रम विरुद्ध आफुले प्रतिबद्धतामा हस्ताक्षर गरेको र बालश्रम विरुद्धका काम र अपराध गरेको पाइए खबरदारीसंगै कानुनी प्रक्रियाका लागि प्रयत्नशिल रहने बताइन ।
मेयर वनले आफ्नो पछिल्लो पाँच बर्षे कार्यकालको महत्वपूर्ण काम वालमैत्री घोषणा रहेको बताए ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट