भरतपुर, २१ चैत ।
अनुशी अटो ट्रेडर्सले `नयाँ वर्षमा नयाँ धमाका´ बजारमा ल्याएको छ । बजाज अटोको आधिकारीक विक्रेता अनुशी अटो ट्रेडर्स भरतपुरले ग्राहक लक्षित नयाँ स्किम बजारमा ल्याएको हो ।
“१०० गुणा खुसी” स्किम अन्तर्गत ग्राहकले बजाजका हरेक अटो खरिद गर्दा एक सय लिटर पेट्रोल फ्रीमा पाउनेछन् । यसका साथमा शून्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधा समेत रहेको ट्रेडर्सका सञ्चालक होमनाथ पौडेलले बताए ।
अनुशी अटो ट्रेडर्सले बजाज कम्पनीका यात्रुबाहक आरई अटो र मालबाहक म्याक्सिमा बिक्रीवितरण गर्दै आइरहेको छ ।





