मतदाता नामावलीको विवरण लिँदा शुल्क लाग्ने‚ कुन तहमा कति ?

काठमाडौं, २१ चैत । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ । आयोगले देशभर‚प्रदेश‚ […]
रत्ननगरमा होमस्टे सहितको साँस्कृतिक ग्राम उद्घाटन

रत्ननगर, २१ चैत । रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण गरेको होम स्टे सहितको साँस्कृतिक ग्राम सोमबार उद्घाटन गरिएको छ । रत्ननगरको आर्थिक,सामाजिक तथा सांस्कृतिक विकासको लागि नगरपालिका र टिकौली मध्यवर्ती सामुदायिक वनको सयुक्त लगानीमा साँस्कृतिक ग्राम निर्माण गरिएको हो । सोमबार एक समारोहका बीच मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा […]
नेपाललाई त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको उपाधि

काठमाडौँ,२१ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो । ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई […]
ऊर्जा क्षेत्रमा पनि जलवायु परिवर्तनको असर

काठमाडौँ, २१ चैत । जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण हिउँ पग्लनेक्रम उल्लेख्यरुपमा बढेको छ । खडेरी बढ्दै गएको छ भने पानीका मूल सुक्दै गएका छन् । अतिवृष्टि, खण्डवृष्टि जस्ता कारणले वातावरणीय जोखिम पनि उत्तिकै वृद्धि भएको छ । यस्तो अवस्थामा […]
बजाजको अटो खरिद गर्दा १०० लिटर पेट्रोल स्किम

भरतपुर, २१ चैत । अनुशी अटो ट्रेडर्सले `नयाँ वर्षमा नयाँ धमाका´ बजारमा ल्याएको छ । बजाज अटोको आधिकारीक विक्रेता अनुशी अटो ट्रेडर्स भरतपुरले ग्राहक लक्षित नयाँ स्किम बजारमा ल्याएको हो । “१०० गुणा खुसी” स्किम अन्तर्गत ग्राहकले बजाजका हरेक अटो खरिद गर्दा एक सय लिटर पेट्रोल फ्रीमा पाउनेछन् । यसका साथमा शून्य प्रतिशत व्याजदरमा फाइनान्स […]
एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा

काठमाडौँ, २१ चैत । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त […]
गायक लामा र अभिनेत्री पुन सगरमाथा चढ्दै, मन्त्री आलेले गरे बिदाइ

काठमाडौँ, २१ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गर्नुभएको छ । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिनुभएको हो । […]
नवलपुरमा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइ बढी

नवलपुर, २१ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा मात्रै एक तिहाइभन्दा बढी रहेका छन् । जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ । अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार फागुनमा मात्रै सम्बन्धविच्छेदका ५६ मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका […]
गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

लस एन्जलस, २१ चैत । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको […]
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौँ, २१ चैत । नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो […]
२०७८ चैत २१ गते सोमबारको कायाकैरन दैनिक(E-paper)
चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु
भरतपुर, २१ चैत । बाघको आक्रमणमा परेर चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । भरतपुर महानगरपालिका–२३ स्थित निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार […]
पाकिस्तानमा संसद् भंग, नयाँ चुनाव गराउन राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिस

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् भंग गरेर नयाँ चुनाव गराउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । आइतबार सदनमा आफूविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि उनले नयाँ चुनावको सिफारिस गरेका हुन् । संसद् बैठकमा खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ । पाकिस्तानको नेशनल एसेम्बलीका उपसभामुख कासिम खान सूरीले खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेका हुन् । उपसभामुखले अविश्वास […]
श्रीलंकामा राजापाक्षे सरकारका सबै मन्त्रीले दिए राजीनामा
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । भारतीय समाचारपत्र द हिन्दुका अनुसार संकटकाल घोषणा भएपछि लगाइएको कर्फ्यू र त्यसका बाबजुद् आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन् । […]
मार्चमा ४२ हजार विदेशी पर्यटक नेपाल आए
काठमाडौं, २१ चैत । सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका […]