श्रीलंकामा राजापाक्षे सरकारका सबै मन्त्रीले दिए राजीनामा

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

भारतीय समाचारपत्र द हिन्दुका अनुसार संकटकाल घोषणा भएपछि लगाइएको कर्फ्यू र त्यसका बाबजुद् आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन् ।
केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन् । राजीनामा दिनेहरूमा राजापाक्षे परिवारका तीन जना मन्त्री पनि छन् ।

राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट