पाकिस्तानमा संसद् भंग, नयाँ चुनाव गराउन राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिस

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् भंग गरेर नयाँ चुनाव गराउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

आइतबार सदनमा आफूविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि उनले नयाँ चुनावको सिफारिस गरेका हुन् । संसद् बैठकमा खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीका उपसभामुख कासिम खान सूरीले खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेका हुन् । उपसभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका हुन् ।

संसद्मा अविश्वास प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री खानले देशलाई सम्बोधन गरेर संसद् भंग गरेका छन् । उनले नयाँ चुनाव गराउनका लागि राष्ट्रिपतिलाई सिफारिस गरेका बीबीसीले लेखेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट