करेन्ट लागेर १ जना सफाइ कर्मचारीको मृत्यु

भरतपुर,२० चैत ।
भरतपुरमा करेन्ट लागेर सडक विभागबाट खटिएका एकजना सफाइ कर्मचारीको मृत्यु भएको छ ।

आइतबार दिउँसो भरतपुर महानगरपालिका- १ आँपटारीेमा सरसफाइ गर्ने क्रममा करेन्ट लागेर तनहुँको देवघाट- ५ घर भएका ५५ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी नरहरि अधिकारीका अनुसार सडक छेउको नालीमा सरसफाई गर्ने क्रममा लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएकोे हो । मृतक मगरको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको र अन्य अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट