कांग्रेसले भरतपुरमा मेयर पद नछाड्ने

भरतपुर, २० चैत । भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उम्मेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ । पार्टी कार्यालय कमलनगरमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसको उम्मेदवार रहनेगरी ७ वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । महानगरको […]

कविता प्रतियोगितामा विजय सामुदायिककी आस्था घिमिरे प्रथम

गैँडाकोट,२० चैत । ६५औँ सहकारी दिवसका अवसरमा विजय सामूदायिक शिक्षा सदनले आयोजना गरेको कविता प्रतियोगिता विजय सामुदायिक शिक्षा सदनका आस्था घिमिरे प्रथम भएकी छिन् । सहकारी दिवसको अवसरमा `सहकारी र वित्तिय शिक्षा´ बिषयमा १० विद्यालयका १७ विद्यार्थीले प्रतियोगितात्मक कविता प्रस्तुत गरेका थिए । कविता प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनकै अनुराग कँडेलले द्वितीय स्थान हासिल गर्न […]

करेन्ट लागेर १ जना सफाइ कर्मचारीको मृत्यु

भरतपुर,२० चैत । भरतपुरमा करेन्ट लागेर सडक विभागबाट खटिएका एकजना सफाइ कर्मचारीको मृत्यु भएको छ । आइतबार दिउँसो भरतपुर महानगरपालिका- १ आँपटारीेमा सरसफाइ गर्ने क्रममा करेन्ट लागेर तनहुँको देवघाट- ५ घर भएका ५५ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी नरहरि अधिकारीका अनुसार सडक छेउको नालीमा सरसफाई गर्ने […]

ब्युटीसियनको क्षमता अभिबृद्दीका लागि मेकअप तालिम

भरतपुर, २० चैत । ब्युटिसियनहरुका लागि रसियन हेयर र वाटर प्रुफ मेकअप तालिम नारायणगढमा सम्पन्न भएको छ । ब्युटीसियनहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले अभिमन्यु ट्रेडस नारायणगढको आयोजनामा आइतबार तालिम संचालन गरिएको हो । तालिममा चितवन सहित तनहुँ र मोरङ जिल्लाका गरि कुल २९ जना ब्युटीसियनहरु सहभागी थिए । डिम मेकअप स्टुडियो बुटवलकी संचालक तथा हेयर […]

`सत्यमोहन´’पुस्तकमाथि चितवनमा छलफल

भरतपुर, २० चैत । `सत्यमोहन शहर यात्रा´को क्रममा बिरगंज, हेटौंडा हुँदै शनिबार चितवन आइपुगेको बुकहिल पब्लिकेसन्सको टोलीसँग नारायणगढमा चितवनका पाठकले छलफल गरेका छन् । क्षेत्रपुरस्थित डिम्याण्डु क्याफेमा आयोजित कार्यक्रममा `सत्यमोहन´ पुस्तकका लेखक गिरीश गिरीले शताब्दी पुरुष सत्यमोहन जोशीसँग कुराकानीका आधारमा यो पुस्तक लेखिएको बताए । `उहाँ खुरुखुरु बोल्नु भयो, उहाँका अनुभव, अनुभूति र भोगाइलाई हामीले […]

एकल साँझमा बरालले सुनाए गजल

भरतपुर, २० चैत । युवा गजलकार विकास बरालले भरतपुरमा गजल वाचन गरेका छन् । शनिबार भरतपुरस्थित होटल अशोकामा आयोजित कार्यक्रममा बरालले गजल प्रस्तुत गरेका हुन् । अध्ययनशील युवाहरूको टिम लेट्स टकको आयोजनामा ४३औँ श्रृङ्खला स्वरुप बरालको ‘एकल गजल साँझ’ प्रस्तुत गरिएको हो । कार्यक्रम लेट्स टकका अध्यक्ष आकाश पौडेलको संयोजनमा भएको कार्यक्रममा लेट्स टकका सदस्य […]

नेपाली लेखक संघमा तीर्थ श्रेष्ठ निर्वाचित

पोखरा, २० चैत । नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा पोखराका तीर्थ श्रेष्ठ निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी सह- अध्यक्षमा रत्नमणि नेपाल, उपाध्यक्षमा डा. शैलेन्दुप्रकाश नेपाल र सन्ध्या पहाडी, महासचिवमा सोझो गाउँले, उपमहासचिवमा श्रीबाबु कार्की, सचिवमा अनुपमा रेग्मी र गणेश शर्मा निर्वाचित भए […]

तनहुँमा ट्याक्टरबाट खसेर युवतीको मृत्यु

दमौली, २० चैत । तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो […]

बल्ल पूरा भो नेपालीको रेल चढ्ने सपना

धनुषा, २० चैत्र । विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ […]

इस्लाम धर्मावलम्बीको रमजान आज देखि सुरु

कपिलवस्तु, २० चैत । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको […]

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो

काठमाडौँ, २० चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ । वर्षाको समयमा खेर जाने बिजुली क्षेत्रीय बजारमा बिक्री गर्न नेपालले लामो समयदेखि प्रयास गरे पनि सफलता पाउन सकेको […]

ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु

भरतपुर, २० चैत । अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ । बाढीबाट मृत्यु […]

पत्रकार वसन्त पराजुली सम्मानित

भरतपुर, २० चैत । ह्याचरी संघ बागमति प्रदेश समितिले पत्रकार वसन्त पराजुलीलाई सम्मान गरेको छ । संघको तेस्रो साधरणसभामा पशु सेवा विभागका महानिर्देशक डा. रमानन्द तिवारीले नगदसहित सम्मानपत्रले सम्मान गरेका हुन् । व्यवसायिक कुखुरापालन र यसको विकासमा समाचारका माध्यमवाट पराजुलीले गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । सम्मानपत्र, दोसल्लासहित नगद सात हजार पाँच […]