ब्युटीसियनको क्षमता अभिबृद्दीका लागि मेकअप तालिम

भरतपुर, २० चैत ।
ब्युटिसियनहरुका लागि रसियन हेयर र वाटर प्रुफ मेकअप तालिम नारायणगढमा सम्पन्न भएको छ ।
ब्युटीसियनहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले अभिमन्यु ट्रेडस नारायणगढको आयोजनामा आइतबार तालिम संचालन गरिएको हो ।

तालिममा चितवन सहित तनहुँ र मोरङ जिल्लाका गरि कुल २९ जना ब्युटीसियनहरु सहभागी थिए । डिम मेकअप स्टुडियो बुटवलकी संचालक तथा हेयर स्टायल एण्ड मेकअप आर्टिष्ट श्रेया केसीले तालिम दिएकी हुन् । यो किसिमको तालिमले ब्युटिसियनहरूमा दक्षता बढ्ने हुनाले सेवाग्राहीले राम्रो सेवा पाउने अवसर बन्ने केसीले बताइन् ।

सविता अधिकारीले संचालन गरेको तालिम समापन कार्यक्रममा चितवन ब्युटी पार्लर युनिटीका संस्थापक अध्यक्ष योगिता पिया, नारायणगढ लेडी जेसीजकी अध्यक्ष अनिता अधिकारी श्रेष्ठ, अभिमन्यु ट्रेडर्स नारायणगढका संचालक तथा कार्यक्रम संयोजक सुमी सिंहलगायतको सहभागिता रहेको थियो ।

तालिमलाई पाईस टेक्निसियन चितवनका अनामिका भण्डारीले सहजीकरण गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट