भरतपुर, २० चैत ।
युवा गजलकार विकास बरालले भरतपुरमा गजल वाचन गरेका छन् । शनिबार भरतपुरस्थित होटल अशोकामा आयोजित कार्यक्रममा बरालले गजल प्रस्तुत गरेका हुन् । अध्ययनशील युवाहरूको टिम लेट्स टकको आयोजनामा ४३औँ श्रृङ्खला स्वरुप बरालको ‘एकल गजल साँझ’ प्रस्तुत गरिएको हो ।
कार्यक्रम लेट्स टकका अध्यक्ष आकाश पौडेलको संयोजनमा भएको कार्यक्रममा लेट्स टकका सदस्य बासुदेब सापकोटाले स्वागत मन्तव्य राखेका थिए । लेट्स टकले यसअघि पनि पुस्तक समीक्षा, सामाजिक उत्तरदायित्व सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । मन्तव्यकै क्रममा सदस्य सापकोटाले विशेषगरी युवा परिचालन गरि सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।
गजलकार बराल प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष हुन् । माडी साहित्यिक परिवारका सदस्य बरालले आफ्ना गजललाई आफ्नै शैलीमा राजनीति परिवेशलाई पनि समेटर गजल बाचन गरेका थिए ।
गजल वाचन कार्यक्रममा हाँस्यकलाकार भुपराज पाठकले पनि रमाइलो प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा `गलज एक स्त्रीले लगाउने गाजल, जहाँ स्त्री गाजलमा सुन्दर देखिने र गजलकारले पनि कुनै सुन्दर चिजहरु त्यस्तै देख्ने’ बिम्बका रुपमा गजलकार बिपिन पाठकले समीक्षा गरेका थिए ।




