इस्लाम धर्मावलम्बीको रमजान आज देखि सुरु

कपिलवस्तु, २० चैत ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ ।

पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिनुभयो ।

रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नुपर्छ ।

छिमेकी मित्र राष्ट्र भारतका विभिन्न सहरमा रमजान महिनाको चन्द्रदोदय देखिएका कारणले नेपालमा पनि चैत १९ गते तराबिह नमाज पढ्ने र चैत २० गतेदेखि व्रत बस्ने जानकारी राष्ट्रिय मदरसा सङ्घ नेपालले दिएको छ ।

राष्ट्रिय मदरसा सङ्घ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार नेपालमा कोभिड–१९ महामारी न्यून रहेका कारणले धार्मिक स्थल खुल्ला रहेको छ । यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्न मस्जिदमा पुगी इबादतका लागि अनुरोध गर्नुभएको छ ।

पवित्र रमजान महिनामा इबादत गर्नाका साथसाथै आफूले वर्षभरि कमाएको हलाल रुपैयाँमा २.५ पतिशत जकात (दान) दिई गरिब परिवारलाई सहयोग गर्ने सङ्घका महासचिव खाँ नेपालीले बताउनुभयो ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट