उत्कृष्ट कौसीखेती गर्नेलाई पुरस्कार

भरतपुर,७ चैत ।

भरतपुर महानगरपालिकाको संयोजनमा नेपाल विकास समाजद्वारा आयोजित कौसी खेती फोटो प्रतियोगिताका विजेताहरु पुरस्कृत भएका छन् । सोमबार आयोजित एक कार्यक्रमका आयोजित प्रतियोगितामा उत्कृष्ट ४ जना कौसीखेती कृषक पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा   भरतपुर –१० की मायादेवी पौडेल, भरतपुर १२ का जय प्रकाश ज्ञावाली, भरतपुर –१० की धनिकला काफ्ले र भरतपुर –१ की सुस्मा पिया पुरस्कृत भएका हुन् । उत्कृष्ट चार जनालाई कौसीखेतीमा प्रयोग हुने साम्रगीसहित पुरस्कृत गरिएको हो ।

‘घरेलु फोहोर व्यवस्थापनको लागि कौसी खेती’ विषयमा गरिएको फोटो प्रतियोगितामा –२६ जनाले सहभागिता जनाएका थिए । ती मध्ये १४ जनालाई  उत्कृष्टमा छनोट गरिएको थियो । स्थलगत मुल्याङ्कन र उनीहरुले गरेको अभ्यासको आधारमा उत्कृष्ट  पुरस्कृत भएको नेपाल विकास समाजका कार्यक्रम संयोजक ई. सागर कार्कीले जानकारी दिए। यस्तै उत्कृष्ट १४ जनालाई प्रमाण पत्र र प्रारम्भिक मल सहित पुरस्कृत गरिएका थियो । कार्यक्रममा सहभागि टोल विकास समितिलाई प्रशसा पत्र सहित पनि सम्मान गरिएको थियो ।

उत्कृष्ट प्रतियोगीहरुलाई प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले पुरस्कार प्रदान गरेका थिए  । महानगरपालिका फोहोर ब्यवस्थापनमा निकै सकृय तरिकाले लागिरहेको बताउदै उनले सहभागिहरुले घरेलु फोहोर व्यवस्थापनमा कौसी खेती मार्फत सहयोग पुर्याउनु भएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library