भरतपुर ‘नगरप्रमुख’मा त्यो मेरो कार्यकाल

नेपालको संविधानले ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ । यी हक कार्यान्वयनका लागि ऐन, नियम, कार्यविधि र निर्देशिका छन् । सार्वजनिक निकायबाट दैनिक रूपमा हुने सेवा प्रवाह र विकास निर्माणमा समेत ऐन, कानुनलाई टेकेर ऐन, नियमका दफादफा उल्लेख गरेर काम गरिरहनुपर्छ । तर आम नागरिक समुदाय, सञ्चार जगत्, राजनीतिक वृत्त र नागरिक समाजमा समेत […]
चितवनमा सुनाइए विभिन्न भाषामा कविता

भरतपुर, ७ चैत । विश्व कविता दिवसका अवसरमा चितवनमा कविता वाचन गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा नारायणगढस्थित सम्पूर्ण किताबमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न भाषामा कविताहरू वाचन भए । कवि उदय अधिकारीले अङ्ग्रेजीमा, ईश्वर कँडेलले फ्रेन्चमा, प्रभाकर पण्डितले हिन्दीमा, रामहरि श्रेष्ठले नेवारीमा र मनोज चौधरीले थारु भाषामा कविता सुनाए । त्यसैगरी […]
उत्कृष्ट कौसीखेती गर्नेलाई पुरस्कार

भरतपुर,७ चैत । भरतपुर महानगरपालिकाको संयोजनमा नेपाल विकास समाजद्वारा आयोजित कौसी खेती फोटो प्रतियोगिताका विजेताहरु पुरस्कृत भएका छन् । सोमबार आयोजित एक कार्यक्रमका आयोजित प्रतियोगितामा उत्कृष्ट ४ जना कौसीखेती कृषक पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा भरतपुर –१० की मायादेवी पौडेल, भरतपुर १२ का जय प्रकाश ज्ञावाली, भरतपुर –१० की धनिकला काफ्ले र भरतपुर –१ […]
राजेश हमालले नारायणी नदीको सफाइ गरे

देवचुली, ७ चैत । अभिनेता राजेश हमालले नारायणी नदी सफाइ गरेका छन् । पुर्ख्यौली घर नवलपरासी गएका वेला उनले सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म नदीको सफाइ गरेका हुन् । हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका हुन् । हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका […]
यौनहिंसा बन्द होस्

नाबालिगमाथि यौनहिंसा र बलात्कारका विषयमा बहस सुरु भएको छ । अभिनेता पल साहविरुद्ध एक किशोरीले तनहुँ र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दिएपछि यो बहस अझ चर्किएको छ । नाबालिगमाथि यौनहिंसा र बलात्कारका घटना प्रायः गुपचुप हुने गरेको र यसपालि ‘सेलिब्रिटी’ बाटै त्यस्तो कुकर्म भएको भन्ने आरोपले पनि यस विषयलाई सतहमा ल्याएको हो […]
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन
भरतपुर, ७ चैत। भरतपुर महानगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । महानगर क्षेत्रमा रहेका क्रियाशील प्राज्ञिक व्यक्तिहरू मध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेकी हुन् । नगरप्रमुख दाहालले साहित्यकार इन्द्रप्रसाद रेग्मीलाई प्रतिष्ठानको उपकुलपति पदमा मनोनयन गरेकी छन् । दाहालले साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं […]
निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगको निर्णय पूर्वाग्रही: ओली

काठमाडौँ, ७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न सो पार्टीको पहिलो पोलिटब्यूरो बैठकमा आज सम्बोधन गर्दै उहाँले निर्वाचनलाई तोकिएको समयमा निष्पक्षरुपमा गराउने सन्दर्भमा सकारात्मक सङ्केत नदेखिएको र त्यस्ता षड्यन्त्रप्रति […]
चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै

काठमाडौँ, ७ चैत । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले […]
चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

बेइजिङ, ७ चैत । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ। बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत […]
देशलाई सही दिशामा लैजान कांग्रेस लागेको छः महामन्त्री शर्मा

भरतपुर, ७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताउनुभएको हो । महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै […]
आज विश्व कविता दिवस

काठमाडौँ, ७ चैत । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा […]
मोरङको लेटाङमा निषेधाज्ञा

मोरङ, ७ चैत । जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा […]
साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

काठमाडौँ, ७ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन । डबल राउण्ड […]
चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै

भरतपुर, ७ चैत । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउने भएका छन् । नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत […]
विश्वमा तीन अर्ब ५० करोड मानिसमा मुखकाे स्वास्थ्यसम्बन्धी समस्या
भरतपुर, ७ चैत । मुख सम्बन्धी रोगले विश्वव्यपी रुपमा तीन अर्ब ५० करोड मानिसलाई असर गर्ने देखिएको छ । मुख स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख सम्बन्धी रोगले विश्वव्यपी रुपमा ३ अर्ब ५० करोड मानिसलाई असर गर्ने गरेको उल्लेख गरेको छ । जसमध्ये ९० प्रतिशत रोग दाँत कीराले खानेसँग सम्बन्धित रहेको मन्त्रालयको सूचनामा […]
माडीमा शिक्षकद्वारा छात्रालाई यौन दुर्व्यबहार

भरतपुर, ७ चैत । चितवनमा बिद्यार्थीलाई यौन दुर्व्यबहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन । माडी नगरपालिका – १ बरुवास्थित सोमेश्वर माविका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । गत फागुन २९ गते कक्षा ९ मा अध्यनरत १५ वर्षकी छात्रालाई माडी-५ बस्ने ३७ वर्षीय शिक्षक लामिछानेले यौन दुर्व्यबहार गरेको आरोप लागेको छ । […]