देशलाई सही दिशामा लैजान कांग्रेस लागेको छः महामन्त्री शर्मा

भरतपुर, ७ चैत ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताउनुभएको हो ।

महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाउनुभयो । जनादेशको अपमान गर्दै एमालेले संसद् भङग गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कस्ले गरेको छ ।” फरक प्रसङ्गमा बोल्दै उहाँले केन्द्रीय समितिको बैठकले मात्रै निर्वाचनमा तालमेल हुने नहुने निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकले निर्णय गर्छ ।”

महामन्त्री शर्माले स्थानीय तहको राय सल्लाहाबिना केन्द्रले निर्णय नगर्ने बताउँदै विगतमा भएका कमजोरी र राम्रा कामको समीक्षा गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति दिन भन्दा बिग्रिएको, भत्किएको घर मिलाउन सुझाब दिनुभयो । उहाँले भन्नुभयो, “पहिला उहाँले आफ्नो घर सम्हाल्ने कसरी भनेर चिन्ता गर्नुपर्छ ।”

अघिल्लो पटकको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्दा सबै कम्युनिष्ट एक भएको स्मरण गर्दै यहाँले भन्नुभयो “पहिला उहाँसंग भएका प्रचण्ड, माधव नेपाल, झलनाथ बामदेव कहाँ छन् । वास्तविक धरातल यही हो ।” आगामी निर्वाचनमा कांग्रेस देशको ठूलो र बहुमतको पार्टी बन्ने उहाँको दाबी गर्नुभयो । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library