भरतपुर, ७ चैत ।
चितवनमा बिद्यार्थीलाई यौन दुर्व्यबहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन । माडी नगरपालिका – १ बरुवास्थित सोमेश्वर माविका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
गत फागुन २९ गते कक्षा ९ मा अध्यनरत १५ वर्षकी छात्रालाई माडी-५ बस्ने ३७ वर्षीय शिक्षक लामिछानेले यौन दुर्व्यबहार गरेको आरोप लागेको छ । पीडित विद्यार्थीहरुका अनुसार शिक्षक लामिछानेले छात्राहरुमाथि पटकपटक यौन दुर्व्यवहार गर्दै आएका थिए ।
आइतबार पीडित विद्यार्थीका आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपश्चात शिक्षक लामिछानेलाई पक्राउ गरिएको चितवन प्रहरीका सूचना अधिकृत डिएसपी नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान अगाडि बढाइएको अधिकारीले बताए ।





