भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन

भरतपुर, ७ चैत।
भरतपुर महानगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । महानगर क्षेत्रमा रहेका क्रियाशील प्राज्ञिक व्यक्तिहरू मध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेकी हुन् ।
नगरप्रमुख दाहालले साहित्यकार इन्द्रप्रसाद रेग्मीलाई प्रतिष्ठानको उपकुलपति पदमा मनोनयन गरेकी छन् । दाहालले साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी उषालाई प्रज्ञा परिषदको सदस्यमा मनोनित गरेकी छन् ।

यसैगरी महानगरले प्रज्ञा सभा सदस्यहरूमा अमृता रामदाम, डा.एकनारायण पौड्याल, एल.बी. क्षेत्री, प्रा.डा. कर्ण बानिया, डा. केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा. धनेश्वर भट्टराई, प्रा.डा.नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल, हरि योञ्जन र होमनाथ भण्डारीलाई मनोनयन गरेको छ ।

महानगरपालिकाले कार्यपालिका सदस्यहरू मध्येबाट वडा नम्बर २५ का वडाअध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरू चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञा सभा सदस्यमा मनोनयन गरेको छ ।
यसैगरी प्रज्ञा परिषद र प्रज्ञा सभाको सदस्य सचिवमा महानगरका अधिकृत छैठौं बालकृष्ण थपलियालाई मनोनयन गरिएको महानगरपालिकाले जनाएको छ ।

गत पुस ८ गते सम्पन्न महानगरको दशौं नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो ।
ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेकी हुन् ।

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य र नगर शिक्षा अधिकारीसमेत गरी ३१ सदस्यीय प्रज्ञा सभा रहने व्यवस्था गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library