भरतपुर, ५ चैत ।
नेपाल होस्टेल एशोसियसन चितवनको अध्यक्षमा युवा व्यवसायी कृष्ण अधिकारी सर्वसहमत निर्वाचित भएका छन् । एशोसियसनको आज सम्पन्न सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा कुसुम गिरी, सचिवमा प्रवेश गौतम, कोषाध्यक्षमा पुनम जिसी र सहसचिवमा महेश लामिछानेलाई निर्वाचित गरेको संस्थापक अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिए ।
यस्तै सदस्यहरुमा दावा छिरिङ तामाङ, शम्भुप्रसाद शाह, प्रदिप खाती, लक्ष्मी भुषाल सुजनबाबु भट्ट र हिरादेवी ढकाल रहेको पन्तले बताए ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एशोसियसनको उपाध्यक्ष वविता कोईरालाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले शैक्षिक हब बनेको चितवनमा होस्टेल व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको बताए । उनले आफु होस्टेल व्यवसायीहरुको समस्या सधै तप्परताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल होस्टेल एशोसियसनका केन्द्रीय अध्यक्ष भक्ती पाठकले राज्यले होस्टेल व्यवसायीहरुले दिएको शैक्षिक योगदानको कदर गर्नुपर्ने माग राखे । उनले चितवनका होस्टेल व्यवसायीहरुको मागको सम्बोधनमा केन्द्रले विशेष पहल गर्ने स्पष्ट पारे ।
सोही अवसरमा एशोसियसनका संस्थापक सचिव हरि भट्टलाई सम्मानपत्रसहित ढोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष प्रकाशराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव कुसुम गिरीले बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष आरती शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।





