रेनु भइन् माओवादी केन्द्रको चितवन इन्चार्ज

भरतपुर, ३ चैत ।
नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहाललाई दिएको छ । दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य एव‌ं भरतपुर महानगरपालिकाकी मेयर हुन् ।

बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए ।

माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट