नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम: गृहमन्त्री खाँड

चन्द्रौटा, ३ चैत । गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए। कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसिसी परियोजना […]
कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि

भरतपुर, ३ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि गर्ने भएको छ । परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ । बोर्डले अनलाइन माध्यमबाट […]
२०७८ चैत ४ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
होलीमा युवाले रङ्ग्याए पार्क

भरतपुर,३ चैत रङहरुको पर्व होलीमा बिहीबार युवायुवतीहरु समूहमा रङ दलेर रमाइलो गरेको दृश्य भरतपुरमा यत्रतत्र देखिन्थ्यो । बच्चादेखि बुढापाकासम्म सबैले रङहरुसँग खुशी साटेर उल्लासमय तरिकाले होली मनाए । यीनै दृश्यहरुका बीच बिहीबार बिहान जिल्ला जनस्वाथ्य कार्यालय छेउको पार्कमा भने केही युवाहरु भने भिन्दै तवरले होलीमा रमाएको दृश्य देखियो । भरतपुर अस्पतालको सडक छेउमै युवाहरुले आफैँले […]
अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

गैंडाकोट, ३ चैत । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बिहीवार नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभिनेता शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । ती किशाेरीले आफूलाई एक वर्षअघि गैँडाकोटको एक होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध दिएको उजुरीको आधारमा […]
चितवन सिटी लायन्स क्लबमा रिमाल र मर्सीमा सुवेदीले लिए नेतृत्व

भरतपुर, ३ चैत । चितवन सिटी लायन्स क्लबको वर्ष २०२२/२३ का लागि अधिवेशन सम्पन्न भएको छ । बिहीबार सौराहामा सम्पन्न अधिवेशनबाट लायन यादवप्रसाद रिमाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै प्रथम उपाध्यक्ष लायन बिष्णुहरि अधिकारी, द्वितीय उपाध्यक्ष लायन सोमप्रसाद काप्री, तृतीय उपाध्यक्ष लायन सुदर्शन दवाडी, सचिव लायन झबिन्द्रलाल पौडेल, सहसचिव लायन नारायण पन्त, कोषाध्यक्ष […]
सम्बन्धविच्छेदपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव
काठमाडौं, ३ चैत । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश पूर्वपतितर्फका छोराछोरी वा अंशियारलाई फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो । आयोगले तयार पारेको मस्यौदा सरोकारवालासँगको परामर्शको […]
चैत ९ गतेदेखि कृषि यान्त्रिक प्रदर्शनी चितवनमा

भरतपुर, ३ चैत । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र एस्क्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा […]
चेपाङ छात्रावासलाई सहयोग गरौँ

सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास रहेका जिल्लामध्ये चितवन एक हो । सँगै रहेका धादिङ, गोरखा र मकवानपुरमा पनि चेपाङ समुदायको बाक्लो बसोबास छ । गरिबीले गर्दा चेपाङ बस्तीहरुमा वर्षभरि खान पुग्ने अन्न हुँदैन । खोरिया फाँडेर गरिने खेतीले ६ महिना पनि खान पुग्दैन । ती दिनमा जंगली कन्दमुलको भर पर्नुपर्ने हुन्छ । जंगली च्याउ खाएर […]
२०७८ चैत ३ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)
किशोरीलाई नेतृत्वदायी भूमिकामा ल्याउँदै रिड नेपाल

भरतपुर, ३ चैत । पुस्तकालयको माध्यमबाट हिँसा, बलात्कार र अपराध निराकरण गर्न किशोरीहरुले पहल थालेका छन् । पर्याप्त शिक्षाको अभाव, अवसरबाट बन्चित हुनुपरेको पीडालाई भुलाउँदै केही किशोरीहरु नेतृत्वदायी भूमिकामा सक्रिय छन् । आफ्नो समुदायमा भएको समस्या पहिचान गरी त्यसको समाधानका लागि गर्नुपर्ने कार्यक्रम सहित कैलाली जिल्ला भजनी गाउँपालिकाकी सम्झना विश्वकर्मा चितवनको सौराहामा आइन् । बालविहाह, […]
नारायणगढमा बेष्ट फाइनान्सको नयाँ शाखा

भरतपुर, ३ चैत । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले नारायणगढबाट पनि सेवा प्रारम्भ गरेको छ । एनआरएनएका केन्द्रीय सचिव आरके शर्मा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश पुरी र फाइनान्सका सीइओ उमेशसिंह भण्डारीले संयुक्तरुपमा उद्घाटन नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटपनि बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंक […]
रेनु भइन् माओवादी केन्द्रको चितवन इन्चार्ज

भरतपुर, ३ चैत । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहाललाई दिएको छ । दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर हुन् । बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले […]
पोल्याण्डकी क्यारोलिनाले जितिन् मिस वर्ल्ड- २०२१ को उपाधि

भरतपुर, ३ चैत। बिहीबार बिहान अमेरिकाको पोएर्टोरिकोमा भएको ७०औं मिस वर्ल्ड प्रतियोगितामा पोल्याण्डकी सुन्दरी क्यारोलियना बेइलावस्काले उपाधी हात पारेकी छिन् । अमेरिकाकी श्री साइनी र कोटे डी आइभोरकी ओलिभिया एससँग फाइनलमा प्रतिस्पर्धा गरेकी बेइलावस्काले उपाधी उचालिन् । गत संस्करणकी विजेता टोनीएन सिङले उनलाई ताज पहिराएसँगै ‘मिस वर्ल्ड २०२१’को उपाधी उनको हात परेको छ । फाइनलमा […]
राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

काठमाडौँ, ३ चैत । राप्रपा नेपाललाई निर्वाचन आयोगले ‘तीर’ चिन्ह प्रदान गरेको छ । आफ्नो पार्टीको पूरानै निर्वाचन चिन्ह ‘गाई’ प्राप्त गर्नका लागि हाम्रो पार्टीले निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै पार्टीले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ निर्वाचन चिन्हलाई स्वीकारेको छ । राप्रपा नेपालका देशभरीका संगठनहरुलाई […]
पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा मनाइँदै

भरतपुर, ३ फागुन । पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ । किम्बदन्तीका अनुसार […]