मेयर विद्यासुन्दरले उद्घाटन गरे डेढ वर्षदेखि सञ्चालित माइतीघरको आकाशे पुल

काठमाडौं, २ चैत ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको स्थानान्तर गर्न मिल्ने आकाशे पुलको उद्घाटन गरेका छन् ।

बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् । उनले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए ।

उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी आएको बताए ।महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही आवश्यक ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको उनको भनाइ थियो ।

मेयर शाक्यले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट